शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

साइकल यात्रीको रहर !

साइकल यात्रीको रहर !


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

पोखरा, १३ फागुन– पोखरामा ६ जना साइकल यात्रीहरु विश्व साइकल यात्रामा निस्कने भएका छन् । विश्व शान्ति र भातृत्व बढाउने, जलवायु परिवर्तनबारे सचेतना दिलाउने र सम्भावित विपत्तिको लागि कोष संकलन गर्ने उद्देश्यमा आफ्नो यात्रा समर्पित रहेको उनीहरुले बताएका छ्न् । पोखराका ४२ वर्षीय शंकर बरालको नेतृत्वमा रहेको टोलीमा ३५ वर्षीय सुन्दर बराल,२० वर्षीय किस्मतराज साउद,२० वर्षीय सुशीलजंग कुँवर र ३३ वर्षीय कृष्णप्रसाद बास्तोला रहेका छन् । उनीहरु आउँदो फागुनको १५ गते आसपास नै नेपालबाट दुबईतिर लाग्ने तयारीमा छन् ।
साइकले टोली नेता शंकर पौडेलका अनुसार उनी र सुन्दर बरालले यसअघि नै ५० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । शंकरका अनुसार उनीहरु यो पटक मध्यपूर्वी देशहरु हुँदै अफ्रिकासम्म पुग्नेछन् ।
‘अहिलेसम्म ५० वटाभन्दा बढी देशको यात्रासँगै नेपालको प्रचार गरियो’,शंकरले भने, यात्रामा कुनै ठाउँमा साइकलले मान्छे र कतै मान्छेले साइकल बोक्ने हो । ’ उनले यात्राको क्रममा त्यो देशमा भएको नेपालपी दूताबासले सघाउने गरेको पनि सुनाए । धेरैजसो ठाउँमा स्थानीयको सहयोग मिल्ने गरेको सुनाउँदै उनले भने,‘लाओसमा बिरालो काटेर राखेको रैछ, नखाउँ हान्देलान् भन्ने पीर,खाउँ मन छैन । खाएर हिँडियो ।’शंकरका अनुसार उनको साइकल यात्रा २००५बाट सुरु भएको हो ।सुन्दर र ंशंकरले जापान, युरोप, मेक्सिकोलगायतका देश घुमिसकेका छन् । शंकर अघिल्लो पटक हिँड्दा ३ लाख लिएर घरबाट निस्केका थिए । साइकल यात्री कहिले घर फर्कने भन्ने ठेगान नहुने उनले सुनाए । पहिलो वर्ष ३ वर्ष, अर्कोमा साढे ४ वर्षमा नेपाल फर्केको हो’, शंकरले भने,‘ हाम्रो बाटोको साथी गुगल म्याप नै हो, त्यसैलाई पच्छ्याउँदै समुदायसँग घुलमिल हुनु नै साइकल यात्रा हो ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->