शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

नदीपुरको पार्कमा व्यायामशाला

नदीपुरको पार्कमा व्यायामशाला


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

पोखरा, १४ फागुन– पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले महानगरलाई स्वच्छ, हराभरा राख्ने दायित्व सबै नागरिकको भएकोले सबैको हातेमालो हुन जरुरी भएको बताएका छन् ।
‘यहाँ सडकमा साढे २ करोडको गाडी चढेको देखिन्छ, हामी चढ्छौं तर आफ्नौ घरको दैलोमा, घरको गेटै अगाडी र बाटोमा फोहोर फालेको देखिन्छ’ मेयर जिसीले भने, महानगरलाई हामी सबैले मिलेर सफा राख्ने हो, सौन्दर्य बढाउने कार्य गर्ने हो, बाटोमा फोहोर फाल्ने होइन ।’पोखरा नदीपुर– ३ स्थित सूर्योदय युवा क्लवले बनाएको प्रकृति उद्यानमा निर्माण गरेको खुल्ला व्यायामशालाको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर जिसीले महानगरका १५ स्थानमा व्यायामशाला निर्मााण भएको र अन्य ठाउँमा पनि बिस्तारको प्रक्रियामा रहेको बताए । उनले पोखरामा ५० करोडको कौशी खेती गर्न सकिने भएकोले यसतर्फ लाग्न आग्रह गरे ।वडा नं ३ का अध्यक्ष रवीन्द्र बहादुर प्रजुले प्रकृति उद्यान तथा सूर्योदय यूवा क्लवको हातामा निर्माण गरिएको खुल्ला व्यायामशाला बालवालिका, युवा तथा प्रौढका लागि लक्षित गरिएकोले यसबाट फाइदा लिन आग्रह गरे । वडा नं १ की अध्यक्ष शारदा पराजुलीले विकास निर्माणमा राजनीतिक पूर्वाग्रह नराखेर काम गर्नुपर्नेमा जोड दिइन् । प्रकृति उद्यान निर्माण समितिका संयोजक सहदेव वानियाँले पार्कमा व्यायामशालाको निर्माणको लागि महानगरबाट ८ लाख ६८ हजार सहयोग दिने बचनवद्धता भएको र त्यो आउने क्रममा रहेको बताए । उनले जनस्तरबाट संकलन भएको १ लाख बढी रकम गरी झण्डै १० लाख खर्च भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->