शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

तीन तहबीच समन्वय भएन : ओझा

तीन तहबीच समन्वय भएन : ओझा


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १५ २०७७, शनिबार
 तेस्रो वार्षिकोत्सवबारे जानकारी दिन आयोजित पत्रकामर सम्मेलनमा रुपा गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी । तस्वीर: ढोरपाटन

पोखरा, १५ फागुन- रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकास संघ र प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य नगरेको गुनासो गरेका छन् । उनले समन्वयको अभाव रहेकोसमेत बताए । ‘संघले गरेपनि प्रदेशले गरेपनि कार्यान्वय हुने भनेकै स्थानीय तहमा हो । हामी सधैँ पेलानमा पर्छौँ’,उनले भने, ‘कतिपय योजना त स्थानीय तहले थाहा पाउँछन् कि भन्ने किसिमले समेत गरेको देखिन्छ । संघ र प्रदेशले आफ्नै तरिकाले काम गर्दै जाँदा बिग्रियो भने स्थानीय तहलाइ गुहार गर्ने प्रवृत्ति छ ।’
पालिकाको चौथो स्थापना दिवसबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीय तह पेलानमा पर्ने गरेपनि नीति नियममा भने कहिल्यै स्थानीय तहलाई समन्वय नगरेको गुनासो गरे ।स्थानीय तहलाई जति अधिकार दिएको सो को भरपुर प्रयोग गरी विकास निमार्णको कामलाई तीव्रता दिएको अध्यक्ष ओझाको भनाइ छ । पालिकाले आफैँ डिपिआर तयार गर्दै विकास निमार्णको काम अघि बढाएको ओझाको भनाइ छ । गाउँपालिकाले सामान्य स्टेसनरीको सामान खरिदमासमेत टेन्डर लगाउँदै पादरदर्शी हिसावले अघि बढ्नु सुखद् कुरा रहेको ओझाले बताए । विकास योजना होस वा कानून निमार्णको कुरा होस तिनै तह बीच सुमधुर सम्बन्ध भने बन्न नसकेको उनको भनाई थियो । गाउँपालिकाले हालसम्म ठूला ५७ योजनामा काम गरिरहको र तीमध्ये ३ वटा योजनामा मात्र प्रदेश सरकारसँगको समन्वयकारी भुमिका रहेको उनको भनाई छ । बाँकी अ ५४ योजना भने पालिकाले आफैँ सम्पन्न गरिरहेको छ ।

अध्यक्षकप भलिबल प्रतियोगिता हुँदै
रुपाले चौथौँ स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै स्थानीय फूल तथा दुबोको माला प्रतियोगिता, बृहत रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शनीे आयोजना गर्न लागेको हो । यस्तै पालिकाभित्रका स्रष्टा तथा राष्ट्रियस्तरको खेल खेल्ने राष्ट्रिय खेलाडीलाई नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
फागुन २३ देखि २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ८० तथा उपविजेताले नगद ६० हजार रुपैँयाको साथमा शिल्ड मेडल । प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तृतीय हुनेले ४० हजार तथा सान्त्वनाले ३० हजार रुपैँयाका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैँया प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर र लिब्रोले समान ३–३ हजार रुपौया प्राप्त गर्नेछन् । अनुशासित टिमलाई मायाको चिनो प्रदान गरिने छ । झाँकी प्रदर्शन तर्फ प्रथम हुने समूहले ३५ हजार, द्धितीयले २० तथा तृतीयले १५ हजार रुपैँया प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनमा झाँकी समूह कम्तीमा ३० जनाको हुनुपर्ने आयोजक पालिकाले जानकारी दिएको छ ।
यस्तै मौलिक कला र संस्कृतिलाई प्रोत्साहन गर्ने लक्ष्यले यस वर्ष स्थानीयस्तरमै उत्पादन हुने विभिन्न प्रजातिका फुल तथा दुबोको माला प्रतियोगिता समेत आयोजना हुने भएको हो । प्रतियोगिताको प्रथम हुनेले ४ हजार, द्धितीय हुनेले ३ हजार र तृतीयले २ हजार रुपैँया प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनीका लागि पालिकाले सम्पुर्ण जातजातिलाई अनिर्वाय सहभागि गराउने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->