पोखरा, १७ फागुन– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्वर्गीय रवीन्द्र अधिकारी सवै जनताको लोकप्रिय नेता भएको बताएका छन । स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारि रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले हरिहर गुफा सन्यास आश्रममा आयोजित सहयोग सामाग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजनिती गर्नु ठूलो कुरा नभई राजनीति गर्दैगर्दा जनताको मन जित्नु ठूलो कुरा भएको बताए । उनले रवीन्द्र जनताको मन जित्न सफल नेता रहेको बताए ।
सो अवसरमा वोल्दै हरिहर गुफा सन्यास आश्रमका उपाध्यक्ष अर्जुन खत्रीले रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले प्रदान गरेको सहयोग सामग्रीले आश्रममा रहेका वृद्धवृद्धा र विद्यार्थीहरुलाई राहत पुग्ने बताए । त्यस्तै रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले स्वर्गीय रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा हरिहर गुफामा सहयोग स्मरण गर्दै सोही अनुरुप स्मृति दिवसको अवसरमा पनि सानो भएपनि सहयोग गरेको बताइन् । २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका अधिकारीको स्मृति दिवसको अवसर पारी रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा सन्यास आश्रममा आश्रित बृद्धवृद्धा र विद्यार्थीहरुलाई लक्षित गरी सहयोग सामग्री प्रदान गरिएको हो ।





