शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

७ सय ५३ वटै स्थानीय तहबाट विकासका प्रयास: प्रधानमन्त्री

७ सय ५३ वटै स्थानीय तहबाट विकासका प्रयास: प्रधानमन्त्री


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७७, सोमबार

पोखरा, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले ७ सय ५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमवार पोखरा महानगरपालिका-३ नदीपुरमा शिलान्यास गर्दै उनले संघिय सरकारले सातै प्रदेशमा र प्रदेश सरकारले ७ सय ५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।
प्रधानमन्त्रीले विकासका लागि स्वस्थ राजनीति, आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, जनतालाई सेवासुविधा सहज र सुलभ ढङ्गले अत्यधिकमात्रामा पु¥याउँदै जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य लिइएको बताए । “तीनवर्षे समयावधिमा विकासनिर्माणका धेरै कामले गति लिएको छ, यस अवधिमा परिवर्तित संरचनानुसार पूर्वाधार विकास एवं कानून निर्माणका काम अघि बढेको तथा शक्तिको बाँडफाँट समुचितरुपमा गर्दै संविधानसँग बाझिएका कानूनलाई संशोधन गरी नयाँ संविधान एवं कानूनअनुसार समयानुकूल बनाइएको छ”, उनले भने ।
राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले ‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणका अभियानमा जुट्न सबैमा आग्रह गरे । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटालाई अघि बढाइएको तथा शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा विकास बढेको बताए ।
दुई छिमेकी मुलुक भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशले पर्यटनसहित कृषिका धेरै सम्भावना बोकेको बताउँदै प्रधानमन्त्रीले कास्कीसहित तनहुँ, स्याङ्जा लगायत जिल्ला कृषिको आधुनिकीकरणमा नमूनाउन्मुख बनेको र फेवातालमा माछापुच्छ«े प्रतिविम्बित हुने मात्र हैन, यहाँ धेरै कुरा प्रतिविम्बित हुन्छन्, हाम्रा भविष्यका सपना प्रतिविम्बित हुने वताए ।
सरकारले सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउन लागेको तथा त्यसलाई सबैमा पु¥याइने विश्वास व्यक्त गरे । हामी गरीब छौँ तर मनका धनी छौँ, कोभिडविरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देशभित्र हामी पनि परेका छौँ”, उनले भने, “हामीले आराम कम, थकाइ कम र काम बढी गरेका छौँ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->