शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

न्यायाधीश श्रीमतीको स्कुटरमा भेटियो ब्राउन सुगर

न्यायाधीश श्रीमतीको स्कुटरमा भेटियो ब्राउन सुगर


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७७, सोमबार
फाईल तस्विर

पोखरा, १७ फागुन – नेकपा ओलि समुहका जिल्ला सदस्य तथा उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमतीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् ।
तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ‘२.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेर ल्याएका छौं’, दाङका डीएसपी मुकुन्द रिजालले अनलाइनखबरसँग भने, ‘हाल उहाँलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ ।’ इप्रका, तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । थप अनुसन्धान भइरहेको भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->