पोखरा, २४ फागुन– पोखरा घार्मीमा रहेको लामाचौर स्वास्थ्यचौकीमा नयाँ भवन बनेको छ । भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे भवन करिव १ करोड ४३ लाख रुपँैयाको लागतमा निर्माण सम्पन्न भएकोे हो । ।भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । चौकीवाट हाल बाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, बिरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिए । स्वास्थ्य चौकीको सेवा घार्मीमा स्थानीय युवा क्लबको भवनवाट सुरु गरिएको थियो । स्वास्थ्यचौकीले रजत उत्सव मनाउँदा बल्ल नयाँ भवन पाएको हो ।
उद्घाटनपछि बोल्दै गण्डकीमा मुख्यमन्त्री गुरुङले विपतका वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनीय रहेको जिकिर गरे । ‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका देखिएन‘, मुख्यमन्त्री गुरुङले भने, ‘राज्यलाई आवश्यक परेको बेला सेवा नदिने अस्पताल के काम रु’उनले तीन तहको सरकारबीच समन्वय भएमात्र प्रभावकारी भुमिका खेल्न सकिने बताउँदै स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी हुनुपर्ने स्वीकारे ।
सांसद जगत विश्वकर्माले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । पोखरा १९का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभासद विन्दुकुमार थापा, पुष्पा केसी भण्डारी, समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, वैकुण्ठ पौडेल, सदस्य दुर्गा बस्नेतलगायतले स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको बताएका थिए ।
कार्यक्रममा जग्गादाताहरु स्वर्गीय भीमप्रसाद पौडेल र टंकनाथ पौडेलका प्रतिनिधि भोलानाथ पौडेल,स्वर्गीय दयासागर पौडेलका प्रतिनिधि सरला पौडेल, स्वर्गीय लिलानाथ पौडेलका छोरा नारायण पौडेल, जग्गादाता हिरादेवी पौडेल, तुलसीदेवी पौडेल र सोमराज गरुङसहित स्थापनाकाल देखि हालसम्मका स्वास्थ्य स्वयंसेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य चौकी स्थापनामा महत्वपुर्ण भुमिका खेल्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।





