पोखरा, २६ फागुन– कोभिड–१९ पछि सुस्ताएको पर्यटन पुनरुत्थानको लागि पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’ चलाइएको छ । संघले पर्यटन पुनरुत्थानको लागि पश्चिम नेपालको भ्रमण सम्पन्न गरेको छ ।
गएको फागुन ७ गतेदेखि सीता एयरले हप्तामा दुई दिन पोखरा नेपालगंज रुटमा चार्टर्ड उडान संचालन गरेको छेकोमा होटल संघले यो अभियान चलाएको हो । नेपाल पर्यटन बोर्डले हानको अभियानलाई सघाएको छ । अभियानअन्तर्गत पश्चिम गएको टोलीले नेपालगंज, धनगढी र बर्दियामा अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा हवाई र स्थलमार्गबाट दुई गन्तव्य जोडिएको सम्बन्धलाई पर्यटन प्रवद्र्धनमा लगाउनुपर्ने निष्कर्ष निस्केको होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिएका छन् ।





