शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

घार्मी रुख फडानी प्रकरण, वर्ष बित्यो, कारवाही भएन

घार्मी रुख फडानी प्रकरण, वर्ष बित्यो, कारवाही भएन


  • विजय नेपाली
  • फाल्गुन २७ २०७७, बिहिबार

पोखरा, २७ फागुन– व्यक्तिकै जग्गामा भए पनि वन कार्यालयको स्वीकृतिविना एउटा समेत रुख काट्न पाइँदैन । विना स्वीकृति रुख काटे कारबाही हुन्छ । तर, पोखरा महानगरपालिका–१९ घार्मी गुराँसपानी टोलमा एक वर्षअघि ५ सय ३ रुख फँडानी भयो । तर, वन कार्यालयको स्वीकृति लिइएन ।
निर्वतमान खेलकुद मन्त्री जगत विश्वकर्मा आफै उपस्थिति भएर रुख काट्न सुरु गरेका थिए । तर, एक वर्ष बितिसक्दा समेत जिल्ला वन कार्यालय कास्कीले कुनै पनि किसिमको कारवाही गर्न सकेको छैन् । उक्त प्रकरणमा निवर्तमान खेलकुदमन्त्री विश्वकर्माले आफूहरुले रुख नकाटेको तर दाउरा काटेको भन्दै वन कार्यालयलाई जवाफ पठाएका थिए । मन्त्री विश्वकर्माकै परिवारले रुख काट्न थालेपछि अन्यले समेत रुख काट्न सुरु गरेको स्रोतले बताए ।
घटनालगत्तै वन कार्यालयले अधिकृत खटाएर अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दा कसले काटेको भनि अझै वन कार्यालयले पत्ता लगाउन नसकेको प्रतिवेदनमा छ । स्थानीयहरुको मिलिमतोमै रुख कटान भएको बुझे पनि शक्तिको अगाडि वन कार्यालय निरीह देखिएको छ । वन भएको जग्गा व्यक्तिको हो कि सार्वजनिक भन्नेतर्फ पनि ध्यान दिइएको छैन ।
५०३ रुख फडाँनी प्रकरणमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि वन फडाँनी किन, कहिले, कसले के आधारमा कस्तो वन फडाँनी गरिएको हो’ भन्दै यथार्थ छानविन गरी प्रतिवेदन पठाउन डिभिजन वन कार्यालय कास्कीलाई वैशाख ५ गते शुक्रबार पत्राचार गरेको थियो । सोही पत्रका आधारमा वन कार्यालयले मुचुल्का गरि प्रतिवेदन बुझाउँदा रोहवरका लागि एक जना पनि स्थानीय नभएको बताएको थियो । ‘हामीलाई कस–कसले काटेका हुन एक जनाको मात्र नाम दिने व्यक्ति चाहियो, जो सुकै भए पनि कसैलाई छाडिँदैन’, वन कार्यालय कास्कीका डिभिजन अधिकृत केदार बरालले भने,‘उक्त घटनामा प्रत्यक्ष संलग्न व्यक्तिको नाम सिफरिस गर्ने मान्छे नहुँदा कारवाहीमा निकै समस्या भएको छ ।’
कसैले पनि केही नबोलेकै कारण अनुसन्धान रोकिएको उनको भनाई छ ।यसअघि लक डाउनका कारण अवस्था प्रतिकुल रहेको भन्दै मुचुल्का गरिएका काठ, गोलिया, दाउरा वनमै छोड्नुपरेको डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठले वताएका थिए । उनको सरुवा भइसकेको छ । श्रेष्ठको ठाउँमामा अहिले बराल आएका हुन । बरालले नापी विभागलाई पत्राचार गरेर वन कसकोे भन्ने प्रतिवेदन निकालेपछि अनुसन्धान अघि बढाउने बताए ।
मन्त्रीले आफै उपस्थित भएर रुख ढाल्न आदेश दिएको र मन्त्रीको भतिज मोहन सुनारहुँदै भिनाजु मुक्तिराम सुनार, मनकाजी विकसहित ८ जनाले गरी ५०३ वटा रुख ढालेको कुरा स्थलगत मुचुल्काबाट खुलिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->