पोखरा, २ चैत– वैध रुपमा चन्दा उठाएको अभियोगमा गेरुधारी वस्त्रसहितका ५ जना लामाहरु पक्राउ परेका छन् । मकवानपुर बकैया गाँउपालिका १ आहालडाँडा घर भई हाल पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्दै आएका ४२ वर्षीय छिरिङ भनिने निमा तामाङ, ६० वर्षीय धनबहादुर लामा, ३५ वर्षीय पदमबहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जित बहादुर थिङलाई पक्राउ गरिएको हो । उनीहरुबाट टाशी छोग्याल गुम्बा गजुरा न.पा. २ कटानी रौतहटको रसिद ठेली, बिभिन्न फाइल तथा रजिष्टरहरु र ४२ हजार ४ सय ९१ रुपैँया बरामद गरिएको जिल्ला प्रहरी कार्यालदय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुविरुद्ध ठगी सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।





