आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

‘फैसला कार्यान्वयन नगर्नु नै अदालतको अपहेलना’

‘फैसला कार्यान्वयन नगर्नु नै अदालतको अपहेलना’


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

पोखरा, ६ चैत– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अदालतको फैसला कार्यान्वयन नगर्दा अदालतको अपहेलना हुन पुगेको बताएकी छिन् । अदालतलाई हतोत्साही गर्ने कुरा अपहेलनामा पर्ने भन्दै उनले थपिन्, ‘अदालतले दिएको फैसला कार्यान्वयन भएको छैन, अदालतको अपहेलना भनेको फैसला कार्यान्वयन नहुनु पनि हो ।’
न्यायाधीश मल्ल पोखरा भ्रमणका क्रममा उच्च अदालत र जिल्ला अदालत पुगेकी थिइन् । उच्च अदालतमा आयोजित कोभिड– १९ र सीमान्तकृत वर्गको न्यायमा पहुँच कार्यक्रममा मल्लले उक्त कुरा बताएकी हुन् । अदालतले फैसला दिएर मात्र नहुने भन्दै उनले न्यायमा सिमान्तकृत समुदायको पहुँच पु¥याउन सोचाइमै परिवर्तन हुनुपर्ने बताइन् ।
उनले महिला, अपांग, दलितलगायत सीमान्तकृत समुदायलाई न्यायमा पहुँच पु¥याउन अदालत उदार हुनुपर्ने बताइन् । आम सञ्चार माध्यम पनि सीमामा बस्नुपर्ने भन्दै उनले मिडियाबाट पहिल्यै फैसला आउने गरेको बताइन् । ‘मिसिल र प्रमाण हेरेर हामीले फैसला गरेका हुन्छौं, संचार माध्यमले पहिल्यै फैसला सुनाइदिनुहुन्छ’, उनले भनिन् । सर्वोच्च अदालतमा मुद्धाको चाप भएको भन्दै उनले उच्च अदालतमा पनि रिट दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->