आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

माओवादी त्यागेका थापालाई एमालेमा सहइन्चार्ज ‘उपहार’ !

माओवादी त्यागेका थापालाई एमालेमा सहइन्चार्ज ‘उपहार’ !

‘मैले पार्टी छोडेको होइन, प्रचण्ड कता गए खोज्नुपर्ने बेला भो !’


  • विकास मगर
  • चैत्र १८ २०७७, बुधबार

पोखरा, १८ चैत– संसद विघटनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर केपी ओलीको साथमा लागेका बागलुङका लीलबहादुर थापा गण्डकी प्रदेश सहइन्चार्ज जिम्मेवारी ‘उपहार’ पाएका छन् । सर्वोच्च अदालतले एकीकृत पार्टी ब्युँताइदिएपछि पनि उनी नेकपा एमालेमा लागेका थिए ।
नेकपा एमाले अध्यक्ष ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार नेताहरुको जिम्मेवारी हेरफेर भएको थियो । सोही निर्देशनअनुसार किरण गुरुङ र पद्मा अर्यालसहित उनी पनि सहइन्चार्जको जिम्मेवारी पाएका हुन् । उनी तत्कालीन नेकपाको केन्द्रीय समितिसमेत थिए ।
राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन सुरु गरेका ०५४ देखि ५९ सालसम्म जिल्ला विकास समिति बागलुङको सभापति पद सम्हालेका थिए । पछि ०६३ मा नेकपा माओवादी प्रवेश गरेका थिए । हालका ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग निकट मानिने थापा रायमाझी स्थानीय विकासमन्त्री हुँदा राजनीतिक सल्लाहकारसमेत भएका थिए । अदालतले पुरानै पार्टी ब्युँताइदिएपछि केही समय अघिमात्रै उनी केही पूर्व माओवादी लडाकुसहित नेकपा एमालेमा प्रवेश गरेका थिए ।
गण्डकी प्रदेशको इन्चार्जमा भने पृथ्वीसुब्बा गुरुङ नै छनु् । उनी यसअघि ‘नेकपा’ हुँदासमेत प्रदेश इन्जार्ज नै थिए । नेकपा एमालले गण्डकी प्रदेशको पार्टी अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई नियुक्त गरेको छ । फागुन २८ गते बसेको पार्टीको केन्द्रीय बैठकले पूर्व खेलकुदमन्त्रीसमेत रहेका विश्वकर्मालाई अध्यक्ष चुनेको थियो । सचिव नेपाली हाल मुख्यमन्त्री गुरुङका राजनीतिक सल्लाहकार छन् ।
थापा भन्छन् : प्रचण्ड कता गए खोज्नुपर्ने बेला भो !
नेकपा एमालेका नवनियुक्त प्रदेश सहइन्चार्ज थापाले आफूले पार्टी नछोडेको बरु साथी (प्रचण्ड)हरुले छाडेको आरोप लगाएका छन् । उनले आफू पार्टीमै रहेको र बरु प्रचण्डहरु कता गए गए भनेर खोज्नुपर्ने बेला भएको बताए ।
‘मैले पार्टी छोगेको होइन । बरु साथीहरुले छोडेको हो । हिजो एकता गर्दा हाम्रो प्रथम अध्यक्ष नै केपी ओली भनिएको हो । अहिले हामी पहिलेकै अध्यक्षको साथमा छौं,’ सहइन्चार्ज थापाले भने, ‘बरु प्रचण्ड कता गए खोज्नुपर्नेबेला भयो ?’
थापाले पार्टी ब्युँतिएपछि आफू नेकपा एमालेमातिर लाग्दा ‘कता गएको’ भनेर सोधेको तर, आफू कतै नगएको बताए । प्रचण्ड–माधव पक्षले फुटको स्थिति ल्याएको भन्दै आफूले उनीहरुको साथमात्रै छोडेको जिकिर गरे ।
‘अहिले मलाई कता गए भन्छन् ? म होइन । पार्टीमा माधव–प्रचण्डले निषेधको प्रवृत्तिमा लगे । त्यो निकै अप्रिय ढंग थियो । पार्र्टी फुटको माधव, प्रचण्डको दोष हो,’ थापाले भने, ‘उनीहरुको (माधव–प्रचण्ड)को ध्याउन सधैं पदमा मात्रै रह्यो । पद कसरी सुरक्षित गर्ने भन्नेमात्रै रह्यो । संसदीय दल नै कब्जा गर्न लागेका थिए ।’
नवनियुक्त प्रदेश सहइन्चार्ज थापाले अब पार्टीमा व्यक्तिको नभई पार्टी विशेष योजनामा सरिक हुने बताए । उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउँदै पार्टीलाई अझै सुदृद्धिकरण लैजाने सुनाए ।
‘जिम्मेवारीमा आइसकेपछि एउटा व्यक्ति विशेष योजना हुँदैन । हाम्रो गर्ने अभियान समाजका लागि हुन्छ । पार्टीलाई सुदृद्धिकरण गर्ने । देश र जनतालाई समृद्धि बनाउने हो,’ उनले भने, ‘योजना नीतिगत र व्यवहारिक हुन्छ । अबको हाम्रो अभियान भनेको राष्ट्रिय अभियानलाई कसरी अघि बढाउने, एउटा विधि र प्रक्रिया अनुसार कसरी अघि बढ्ने भन्ने नै हो । शोषित वर्गको पक्षमा उभिने नै हो ।’
थापाले आफू अब वैधानिक जिम्मेवारीमा आइसकेकाले पूर्व माओवादी लडाकुको सुरक्षाबारे पनि योजना बनाउने बताए । उनले भने, ‘अब चाँडै राष्ट्रिय परिचय पत्र दिन्छौं । सम्मान पनि गर्छौं । पूर्व लडाकुको स्वास्थ्य, अवस्था सुधार गर्न केही गरेर पनि देखाउने जिम्मेवारी आएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->