आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कारवाहीलगत्तै ‘ओली गढ’मा नेपाल समूह

कारवाहीलगत्तै ‘ओली गढ’मा नेपाल समूह


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७७, बिहिबार

पोखरा, १९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपा विभाजनोन्मुख हुँदा कास्कीमात्रै नभई समग्र गण्डकीमै प्रचण्ड–माधव पक्ष कमजोर देखियो । सुरुआती समयदेखि नै नेकपा एमाले र त्यसमा पनि ओली पक्षको दबदबा रहेको यस क्षेत्रमा सर्वोच्च अदालतले एकीकृत पार्टी ब्युताइँदिएपछि माधव पक्ष झनै कमजोर हुन पुग्यो ।
आफूइतर गतिविधिमा लागेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरिसकेका छन् । पार्टीको कारबाहीमा परेपछि नेपाल बुधबार पोखरा आइपुगेका छन् ।
पार्टीबाट कारबाहीमा परिसकेपछि माधव नेपाल पहिलो उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् । ओली पक्षको दबदबा रहेको ठाउँमै पहिलो कार्यक्रममा सहभागी हुन आएका नेपालको उपस्थितिलाई अर्थपूर्ण रुपले हेरिएको छ ।
नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पोखरामा ‘समानान्तर कमिटी’ बनाउने तयारीसहित पोखरा आइपुगेको स्रोतले जानकारी दिएको छ । तर, उनले तत्कालन समानान्तर कमिटी भने बनाउने छैनन् । बिहीबार पोखरामा बस्ने माधव पक्षीय भेलाले ‘ओलीविरुद्ध लाग्न कार्यकर्तालाई हौसला’ दिने स्रोतको दाबी छ ।
‘समानान्तर कमिटी नै त बन्दैन, तर त्यसैको तयारीका लागि उहाँहरु पोखरा आउनु भएको हो,’ नेपाल समूहका एक नेताले ढोरपाटनसँग भने, ‘खासमा जिल्लाका कार्यकर्ता भेटघाट, कार्यकर्ताहरुमा उत्साह थपेर संगठन निर्माण गर्ने र ओली प्रवृत्तिविरुद्ध लाग्न अभिप्रेरित गर्ते तयारीमा आउनु भएको हो ।’
माधव नेपाल, सुरेन्द्र पाण्डे बिहीबार सिटी स्क्वायर बैंक्युटमा हुने कार्यक्रममा सहभागी हुने तालिका तय छ । कार्यक्रममा उनले जिल्लका युवा विद्यार्थी, जिल्ला, केन्द्र सबै पार्टी कमिटी सदस्यहरुलाई सम्बोधन गर्ने ती नेताले जानकारी दिए । उनले भने, ‘एकहिसाबले प्रशिक्षण भेला नै भन्न सकियो । तर, समानान्तर कमिटी गठन भने हुँदैन ।’ पाण्डे तत्कालीन नेकपा विभाजित हुँदा प्रचण्ड÷माधव पक्षको प्रदेश इन्चार्ज नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->