शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कोरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाको सहयोग

कोरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाको सहयोग


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १९ २०७८, आइतबार

पोखरा, १९ बैशाख – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ । नेपालमा कोरोना महामारीले झन् विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत् सो सहयोग प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
‘यो थप सहयोगले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी रोगको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाप, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहमा थप कामहरु गर्नका लागि सहयोग पुग्नेछ,’ दूतावासले भनेको छ ।
नेपाल र यूएसएड मिलेर सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्नेछन् । सो सहयोगबाट कोभिड काउन्सिलिङ (परामर्श), पोषण परामर्श, स्वास्थ्य सेवामा पहुँच, जटिल एचआईभी सेवा प्रदान लगायतका सेवा प्रदान गरिने बताइएको छ ।
कोरोना महामारीको सुरुवातदेखि नै नेपाललाई अमेरिकाले सहयोग गर्दै आएको जनाउँदै दूतावासले यो समस्यामा नेपाल सरकारसँग सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ । ‘अमेरिका र नेपालबीचको ७०–वर्षे बलियो सहकार्य र साझेदारीलाई थप सशक्त पार्ने अमेरिकाले आफ्नो प्रतिबद्धतालाई पुनः दोहो¥याउँछ,’ दूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->