बागलुङ, २० वैशाख– बागलुङ र पर्वतमा सोमबार बिहानै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको आरटी पीसिआर प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ र पर्वतका चार स्थानीय तहका २६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिकाका २० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये केही कोरोनाको खोप लगाएका कर्मचारी समेत छन् । जैमिनी नगरपालिकाका १ जना र काठेखोला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए । कुश्मा नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
बागलुङमा संक्रमण पुष्टि हुनेहरुमा महिला स्वास्थ्य स्वयंसेविका समेत छन् । सोमबार सम्म बागलुङमा सकृय संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।





