बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो सहित)

ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो सहित)


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७८, सोमबार

बागलुङ, २० वैशाख– गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे( को र्‍याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङ्ग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् ।
प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् । चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ । म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ। इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो ।
भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ ।

भिडियो…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->