पोखरा, २२ वैशाख– कास्की प्रशासनले घर तथा संघ संस्थामा तत्काल प्रयोगमा नआएका तथा खाली अक्सिजन सिलिण्डरहरु सम्वन्धित कम्पनी वा अक्सिजन खरिद गरेको ठाउँमा फिर्ता गर्न अनुरोध गरेको छ ।
पोखरामा अक्सिजनको अभाव हुने लक्षण देखिएसँगै कास्की प्रशासनले मंगलबार सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन आग्रह गरेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले प्रयोगमा नआएका वा खाली सिलिण्डर जिल्ला प्रशासन कार्यालयमा बुझाउन सकिने पनि जनाएका छन् ।





