सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

प्रदेश प्रमुख पौडेलले सम्हालिन पदभार, समस्या देखिन सभामुखमा

प्रदेश प्रमुख पौडेलले सम्हालिन पदभार, समस्या देखिन सभामुखमा

जनमोर्चाका सांसद खिमविक्रम शाही 'वेपत्ता' भएको उजुरी परेपछि वैठक अनिश्चित समयका लागि स्थगित भएको थियो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७८, बुधबार

पोखरा, २२ वैशाख – गण्डकी प्रदेश नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दासाथ उनले गण्डकी प्रदेशसभाका सभामुखमा समस्या भएको वताएकी छिन् । पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै प्रदेश प्रमुख पौडेलले प्रदेशसभा स्थगित गर्नुको जिम्मेवारी सभामुखले लिनुपर्ने वताईन ।

‘सभामुखमा समस्या थियो, निकास निकाल्नु पर्यो ।’, प्रदेश प्रमुख पौडेलले भनिन्, ‘सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुको कारणबारे जानकारी लिने र आवश्यक कदम चालिनेछ ।’ सभामुखले अहिलेलाई बैठक स्थगित गरौ भनेर सल्लाह गरेको भए समस्या नआउने वताउदै पौडेलले भनिन्, ‘के कारणले त्यस्तो भएको हो, बुझ्ने र समस्या फुकाउन सहजीकरण गर्ने काम मेरो हुनेछ ।’

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १३ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । वैशाख १५ गते बसेको बैठकमा अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो । तर, जनमोर्चाका सांसद खिमविक्रम शाही ‘वेपत्ता’ भएको उजुरी प्रदेशसभामा दर्ता भएपछि सभामुखको आदेशमा सचिवले वैठक अनिश्चित समयका लागि स्थगित गरेको सूचना टाँस गरेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव ‘पेन्डिङ’मा रहेको अवस्थामा नै नेपाल सरकारले सोमवार प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेको थियो । पौडेलले सोही दिन साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->