सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

‘नियम जान्नेहरुबाटै ट्राफिक नियम उलंघन’

‘नियम जान्नेहरुबाटै ट्राफिक नियम उलंघन’


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २३ २०७८, बिहिबार

पोखरा, २३ वैशाख – ट्राफिक प्रहरीहरु कोरोना कहरमा पनि सवारी चेकजाँच गर्ने आफ्नो कर्तव्यबाट विमुख भएको छैनन् । कोभिड संक्रमणको जोखिम मोलेर नै उनीहरु सडकमा दिनरात खटिइरहेका छन् ।
निषेधाज्ञाको अवधिमा गण्डकीमा प्रदेशका विभिन्न जिल्लामा एक हप्तामा कुल २३ हजार १ सय ८ सवारी चेक जाँच गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । सो उपक्रममा ८९ वटा सवारी साधन कारवाहीमा पनि परेका छन् । निषेधाज्ञा गरिएका जिल्लामध्ये सबैभन्दा बढी पर्वतमा ३६ सवारी कार्वाहीमा परेका छन् । यस्तै गोर्खामा २२, स्याङ्जामा १८ र बागलुङमा १३ सवारी कारवाहीमा परेका हुन । यस्तै ट्राफिक प्रहरीले प्रदेशभर १५ हजार ४ सय ६१ मास्कसमेत वितरण गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय ढकालले जानकारी दिए । ‘हामीले प्रशासनले तोकेवमोजिक नियम उल्लङ्घन गर्ने सवारीलाई कारवाही गरेका हौँ । कारवाहीमा पर्ने अधिकांश निजी सवारी साधन छन्’ उनले भने, ‘नियमबारे पूर्वजानकारी हुँदाहुँदैसमेत गलत गर्नेहरु बढी छन् ।’ आम नागरिकले अनावश्यक रुपमा सवारी नचलाएको अनुभव उनले सुनाए । उनले कोरोनाको जटिल अवस्थामा आम नागरिक आफैले सजगता अपनाउनु पर्नेमा जोड दिए । अत्यावश्यकबाहेक सरकारी सवारी नै गुडे पनि प्रमाण नभए नछाड्ने उनले बताए । प्रदेशभर यो एक हप्तामा ४६ हजार ३ सय ७० सवारी चालकलाई सम्झाइबुझाई छाडेको उनको भनाई थियो । ‘हामीले तोकिएको समय अगावै गुडेका ढुवानी सवारीलाई समेत रोकेका छौं र तोेकिएको अवधिमा मात्र गुडन भनेका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->