शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य निर्देशनालयलाई नेलम्बोको सहयोग

स्वास्थ्य निर्देशनालयलाई नेलम्बोको सहयोग


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २५ २०७८, शनिबार

पोखरा, २५ वैशाख– नेलम्बो नेपालले कोरोना भाइरस बिरुद्घका स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यलाई जारी राखेको छ ।
जसअन्र्तगत बिहीवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सामग्री प्रदान गरिएको हो ।
निर्देशनालयलाई एक लाख ८५ हजार ७५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० हजार ७८० बराबरका सामग्री प्रदान गरियो। पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, सेनिटाइजर, सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, सावुन, स्प्रे बोतल, पञ्जालगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गरेका हुन।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्र्तगतका सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले विषम परिस्थतिको मूल्याङकन गरेर नेलम्बोले सहयोग गरेको बताइन् ।
मन्त्री पुन मगरले कोरोनाको पहिलो चरणमा विभिन्न संघसंस्थाबाट प्रदेश सरकारलाई रु.४ करोड वरावरको सहयोग प्राप्त भएको जानकारी दिर्दै अव दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गरिन् ।उनले सरकारसँग बजेट भएपनि कार्यान्वयको प्रक्रिया निकै झन्झटिलो हुने भनाई पनि राखिन्।
नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणा राखे ।उनले निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको स्पष्ट पार्दै महामारी बिरुद्घ लड्न निर्देशनालयलाई रु.१५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता जनाए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने बताउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास दिलाए ।निर्देशानलयका निर्देशक डा. विनोदविन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पु¥याइने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->