शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमितबारे वडालाई छैन जानकारी !

संक्रमितबारे वडालाई छैन जानकारी !

संक्रमित भन्छन् ः आफैं सजगता अपनाउने हो नत्र के हो के ? ‘राज्यलेभनेको संक्रमितको संख्यामात्र गन्नेमात्र हो त्योबाहेक अरु केही गर्न सकेको छैन ।’


  • विजय नेपाली
  • बैशाख २६ २०७८, आइतबार

पोखरा, २६ वैशाख– पछिल्लो केही दिनयता पोखराको कोरोना ग्राफ निकै बढिरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा दैनिकजसो संक्रमितको मृत्यु पनि भइरहेको छ । तर, अन्य ठाउँको तुलनामा मृत्युदर केही कमी छ । यसको कारण हो, संक्रमितको सजगता ।
कोरोनाको चपेटामा पोखराका एक शिक्षकको परिवारसमेत प¥यो । समाचारमा सरकारले संक्रमितका लागि अनेकौं सहयोग गरिरहेको बताएपनि ती शिक्षक परिवारले भने अनुभवसमेत गर्न पाएनन् ।
ती शिक्षकको परिवारमा पहिले श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । श्रीमतीलाई केही असहज देखिएपछि गैह्रापाटनस्थित फिस्टेल अस्पताल लगियो । डाक्टरले पिसिआर गर्न लगाए । पिसिआर रिपोर्ट पोजेटिभ आयो लगत्तै उनलाई होम आइसोलेसनमा राखियो । त्यसको करिब ३ दिन पछि सानो छोरामा पनि उस्तै स्वास्थ्य समस्या दोहोरियो ।
छोरालाई गाह्रो भएपपछि लाइफ केयर डाइग्नोस्टिक प्रालिमा स्वाब परीक्षण गरियो । छोराको पनि पोजेटिभ देखियो । यसरी छोरा र श्रीमतीमा कोरोना संक्रमण देखिएपछि शिक्षकले आफ्नो स्वाब परिक्षण गर्दा पोजेटिभ नै आयो । परिवार सबैमा कोरोना संक्रमण पुष्टि भयो । अहिले परिवार होम आइसोलेसनमा छन् ।
कन्ट्याक टे«सिङकै आधारमा अर्का एक महिलामा समेत कोरोना संक्रमण पुष्टि देखियो । सवै बअहिले होम आइसोलेसनमा छन् । ती बाहेक सोही परिसरभित्र करिब १० देखि १५ जना विद्यार्थीसहित शिक्षक समेत रहेका छन् । विद्यालयभित्रै क्वार्टरमा बस्ने उक्त शिक्षकको परिवारका सदस्यले त आफ्नो परिवारको स्वाब परीक्षण गरायो । तर, उनीहरुलाई वडालेसमेत कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ ।
शिक्षकको अवस्था सामान्य हुँदै गएपनि श्रीमतीको भने उस्तै छ । तर, परिवारमा कसैलाई अलि गाह्रो भयो भने पनि सम्पर्क कस्लाई गर्ने, ठेगान छैन । ‘हामी होम आइसोलेसनमा छौं । आफैंले केही गर्न सके बाँचियो नत्र के हो के ?’ उनले भने, ‘राज्यको तर्फबाट हुने भनेको संक्रमितको संख्यामात्र गणना गर्ने हो त्योबाहेक अरु केही गर्न सकेको छैन । सायद म भएको ठाउँसम्ममात्र आइनपुगेको होला ? वडाको त कुरै नगरौं वडाको जिम्मेवारी के होसमेत थाहा छैन । आफ्नो वडामा कति संक्रमित छन ? अवस्था कस्तो छ भन्ने विषयमा बुझेको मैले पाइन ।’
वडा कार्यालयदेखि नजिकै रहेकै विद्यालयभित्र संक्रमित भेटिँदासमेत वडाले वेवास्ता गर्नु दुखदायी भएको ती शिक्षकको गुनासो छ । भन्छन्, ‘मिडिया र माइकिङ गरेरमात्र संक्रमितसँग सम्पर्क हुँदैन हामीले हार गुहार गर्दासमेत अस्पताल कसले लाने भन्ने पनि छैन ।’
पोखरा महानगरमा अहिले ११ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये वडा १ मा ३ सय ६८ जना संक्रमित छन् । अघिल्लो शुक्रबारदेखि यो शुक्रबार सम्ममा ९० संक्रमित रहेका छन् । यतिधेरै संक्रमित हुँदासमेत वडाले चासो देखाएको छैन । तर, शहरी स्वास्थ्य विकास केन्द्रकी इन्चार्ज कमला गौतमले भने वडाले संक्रमितसँग सहकार्य गरिरहेको दाबी गर्छिन् । संक्रमितले नै सम्पर्क नभएको बताइरहँदा उनले भने आफूहरु खटिएको बताइन् ।
स्वास्थ्य विकास केन्द्र इन्चार्ज गौतमसँग वडामा भएका भएका कोरोना संक्रमितको संख्याबारे सोध्यौं । तर, उनले अनविज्ञता प्रस्तुत गरिन् । जबकी स्वास्थ्य निर्देशनालय गण्डकीको दैनिक तथ्यांकले अघिल्लो शुक्रबार देखि यो शुक्रबारसम्म ९० जना संक्रमित देखाएको छ ।
वडाध्यक्षलाईसमेत छैन जानकारी !
पोखरा १ की वडा अध्यक्ष शारदा पराजुलीले आफ्नै वडामा कति संक्रमित छन थाहा नभएको बताइन । शनिबार फोन वार्तामा बोल्ने क्रममा उनले भनिन्, ‘म अहिले यता भाइको बिहेमा आएको छु । अस्तिसम्म त्यही २५ जति होलान ।’
पराजुलीले वडाबाट कर्मचारी खटाएर वडामा कोरोनाको गतिविधि लिने गरेको बताइरहँदा अन्य कर्मचारीलाई समेत संक्रमितको संख्या थाहा छैन । वडाध्यक्ष पराजुलीले संक्रमित घरमै रहेको बताएपनि कति छन् भन्ने एकीनसाथ भन्न सकिनन् । उनले करिब ११ दिन देखी घरदैलो कार्यक्रम गर्दै संक्रमितको अवस्था बुझ्ने गरेको बताएपनि संक्रमितले भने आफूहरुसग कुनै सम्पर्क नगरेको दुखेसो पोखे ।
‘हामीले १४ जना स्वास्थ्य स्वयंसेवी खटाएका छौं । सबैको आ–आफ्नो क्षेत्र छ सोहीअनुसार काम गरिरहेका छन्,’ पराजुलीले भनिन्, ‘मैले अवस्था जटिल भएमात्र खबर गर्न भनेको छु ।’

नेपालमा यतिबेला दोस्रो भेरियन्टको कोरोना देखिएको छ । पोखरामा दैनिक जसो संक्रमितको सख्ंयाका साथै मृतकको संख्यामा समेत वृद्धि हुदैँ गएको छ । विहिवार मात्रै पोखराका ३ जनाको कोरोनाकै कारण मृत्यु भयो । सरकारले अहिले कोरोनाका लागि करोडौँ खर्च गरिरहेपनि संक्रमित भने आफ्नै तरिकाले बस्नु बाध्य भएका छन् ।
राज्यले संक्रमितसंग सम्पर्कमा रहिरहेको बताइरहँदा संक्रमितले भने कुनै दिन पनि राज्य संयन्त्रबाट आफुहरुलाई सम्पर्क नभएको गुनासो पोखे । घरपरिवारका सबै कोरोनाको संक्रमणबाट ग्रसित छन् । संक्रमित भएदेखि नै होम आइसोलेसन बसेका उनीहरुलाई केहि चाप्यो भने अस्पताल समेत लाने कोहि छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->