सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सहयोगमा जुट्यो बागमारा युवा संगम

सहयोगमा जुट्यो बागमारा युवा संगम


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २६ २०७८, आइतबार

पोखरा, २६ वैशाख – बागमारा युवा संगम समूहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ ।
समूहले विरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा पनि समूहले सहजीकरण गर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै कोरोनासँग बच्न सक्ने उपायका सम्बन्धमा पनि समाजमा सचेतना अभिबृद्धि गर्ने निर्णय गरेको अध्यक्ष महेश्वर अर्यालले बताए ।
वैठकले समूहका नाममा वडामा परेको रकमले पानीट्याङ्कीस्थित क्लबको जग्गा व्यवस्थापन एवम् आवश्यक परे ताराबार गर्ने, वडाको मातहतमा रहेको भवनलाई क्लबको नेतृत्वमा लिनका लागि सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, प्रत्येक महिनाको अन्तिम शनिबार वैठक बस्ने तथा त्यसको व्यवस्थापन लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->