पोखरा, २६ वैशाख – कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकद्मी लिने र समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकीले ‘क्विक रेस्पोन्स टीम’ बनाएको छ ।
महासचिव गोविन्द सुवेदीको कमाण्डमा कोषाध्यक्ष राजेन्द्र न्यौपाने र सदस्यहरु रञ्जिता शर्मा, प्रकास डोटेल र रमेश वास्ताकोटी रहेको टीम निर्माण गरेको हो । महासंघको प्रदेश समितिको आईतवार विहान वसेको अनलाईन वैठकले क्विक रेस्पोन्स टीम निर्माण गर्दै पत्रकारका समस्याहरुलाई हल गर्ने पहलकद्मी लिने निर्णय गरेको अध्यक्ष नारायण शर्माले वताए । विपतका समयमा महासंघका जिल्ला अध्यक्षहरुसंग निरन्त्तर संवादमा रहन अनलाईन ग्रुप निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
पत्रकार महासंघ गण्डकीलाई प्राप्त स्वास्थ्य सुरक्षा सामाग्रीलाई सवै शाखाका अध्यक्षसंग समन्व गरेर सञ्चारकर्मीसंग पुराउने, निषेधाज्ञाको कारण घरभित्र रहँदा उत्पन्न हुनसक्ने समस्यालाई ध्यान दिदै विशेषज्ञ चिकित्सकसंग सहकार्य गरेर पत्रकार परामर्श कक्षा सञ्चालन गर्ने निर्णय पनि वैठकले गरेको प्रदेश सदस्य रञ्जिता शर्माले वताईन ।
वैठकले कार्यक्षेत्रको फिल्डमा खटिएका सवै पत्रकार सञ्चारकर्मीको पिसिआरको ब्यवस्था गर्न, खोपको ब्यवस्था मिलाउन र संक्रमितको उपचारमा प्राथमिक दिन प्रदेश सरकार, समबन्धित स्थानीय सरकार र त्यहाँका स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । पत्रकारले आफु सम्वद्ध सञ्चारगृहमा सुरक्षाका लागि आवश्यक ब्यवस्था मिलाउन अनुरोध गर्ने र स्वयम आफैले पनि सुरक्षित भई कार्य सम्पादन गर्न अनुरोध गरेको छ ।
महासंघ गण्डकीले विपतको समयमा कुनै पनि पत्रकारलाई जागिरबाट नहटाउन सवै सञ्चारगृहलाई अनुरोध गरेको महासचिव गोविन्द सुवेदीले वताए । वैठकले प्रदेशभित्र संक्रमित रहेका १० जना पत्रकारको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।





