
बागलुङ, २७ वैशाख– गण्डकीमा थप आठ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार कास्की, स्याङ्जा, पर्वत, नतहुँ, म्याग्दी र रुपन्देहीका संक्रमितले ज्यान गुमाएका हुन् । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७३ पुगेको छ । सोमबार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–७ का ६७ बर्षिया पुरुष, पोखरा महानगरपालिकाकै वडा नं. १३ का ८७ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । स्याङ्जाको फेदिखोला गाउँपालिका–९ की ६२ बर्षिया संक्रमित महिलाको होम आईसोलेसनमा मृत्यु भएको छ । स्याङ्जाकै गल्याङ नगरपालिका–३ का ८४ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको बिज्ञप्तीमा उल्लेख छ । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ बर्षिय पुरुष र रुपन्देहीको बुटवल उप महानगरपालिका– १ का ३४ बर्षिय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ का ४७ बर्षिय पुरुषको धौलागिरी अस्पताल र तनहुँको भानु नगरपालिका–१ का ६५ बर्षिय पुरुषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।





