शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अनलाईन प्रकाशनमा रोक लगाईकोमा महासंघ गण्डकीको आपत्ति

अनलाईन प्रकाशनमा रोक लगाईकोमा महासंघ गण्डकीको आपत्ति


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार

बागलुङ, २८ वैशाख– तनहुँमा अनलाईन पत्रिका प्रकाशनमा अदृष्य रोक लगाईएको भन्दै पत्रकार महासंघ गण्डकीले आपत्ति जनाएको छ । तनहुँको दमौलीबाट प्रकाशन हुने दमौली न्युज डट कमको साईड ह्याक गरेर प्रकाशनमा रोक लगाएकोप्रती महासंघले आपत्ती प्रकट गरेको हो । अनलाइनले दमौली अस्पतालमा भएको लापरबाही बारे समाचार प्रकाशन गरेको थियो । सोही समाचार प्रकाशन भएपश्चात अनलाईन ह्याक भएको छ । ‘ट्राफिक जाम भए जस्तो साईड जाम भएको छ, राज्यले नियन्त्रण गर्नुपनेगरी कुनैपनि सामग्री राखिएको छैन’ अनलाईनमा कार्यरत एक कर्मचारीले भने ‘अदृष्य रुपमा हाम्रा सामग्री रोक्न खोजिएको छ ।’
मंगलबार अध्यक्ष नारायण प्रसाद शर्माले एक बिज्ञप्ती प्रकाशन गर्दै बिरोध गरेका हुन् । ‘समाचारका बारेमा चित्त नबुझे कानुनी उपचारमा जाने बाटो हुँदाहुदै अनलाईन नै रोक्नु प्रेस स्वतन्त्रता को हनन् हो । हामी दोषी माथि छानबिन गरि हदै सम्मको कारबाही को माग गर्दछौ ।’ नारायण प्रसाद शर्माद्वारा जारी बिज्ञप्तीमा भनिएको छ । महासंघले प्रेस स्वतन्त्रता बिरोधी कुनै पनि क्रियाकलाप आफुहरुलाई मान्य नहुने भन्दै दमौली घटनाको छानबिनको माग गरेको छ ।
प्रेसलाई संकुचित गर्ने र नियन्त्रण गर्ने कुरा मान्य हुदैन, तनहुँ को घटनाको न्यायायोचित छानबिन होस् । हामी स्वतन्त्र प्रेस को पक्षमा छौं ।’ शर्माले भनेका छन् । पछिल्लो समय प्रेस स्वतन्त्रता बिरुद्द को घटना बढेको भन्दै शर्माले स्वतन्त्र प्रेसका लागि महासंघ आन्दोलनमा उत्रने बताए । उनले दमौली न्युज डट कम लाई निर्बाध रुपमा समाचार सम्प्रेषण गर्ने बाताबरण बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->