
बागलुङ, ३० वैशाख– बागलुङमा बिहिबार नै अर्का एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका गलकोट नगरपालिकाका–२ का ५२ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलका अनुसार उनकमा कोभिड निमोनियाको समस्या थियो । केही दिन देखि उनको स्वास्थ्य अवस्था स्थिर थियो । आजै बिहान बागलुङ नगरपालिका–४ बस्ने ७७ बर्षिया पुरुषको मृत्यु भएको थियो । बागलुङमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।





