शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरोनाबाट थप १४ जनाको मृत्यु

गण्डकीमा कोरोनाबाट थप १४ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार
कोरोना संक्रमित शवलाई जलाउदै । फाईल तस्विर

पोखरा, १ जेठ– गण्डकीमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशमालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीमा मृत्यु भएकामध्ये कास्कीका ६ जना, पर्वत ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १र१ जना छन् ।
निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसा १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखामा र १ जनाको होइम आइसोलेसनमा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ देखि ७८ वर्ष उमेरका छन् ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ । शुक्रबार हालसम्मकै धेरै २३ जना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->