बागलुङ, २ जेठ– कोरोना महामारीमा समस्यामा परेका पत्रकारका समस्या समाधानका लागि प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति बागलुङले सहयता कक्ष ‘हेल्प डेस्क’ स्थापना गरेको छ । भचुअल माध्यामबाट शनिबार सम्पन्न बैठकले राम बहादुर थापा संयोजक रहेको सहायता समूह बनाएको हो ।
कोरोना महामारीमा अग्रपंत्तिमा खटिने पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित समूह बनेको थापाले बताए । महामारीमा अग्रपंत्तिमा रहेर जनतालाई सूचना प्रवाह गरिरहेका पत्रकारको स्वास्थ्य स्थितिबारे जानकारी लिने र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गरिने उनले बताए ।
आइसोलेसन र होम क्वारेन्टाइनमा बसिरहेका पत्रकारको स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी लिँदै आवश्यक परामर्श एवम् उपचारका लागि समन्वय गर्न बनेको समुहमा पाँच जना सदस्य छन् । समूह सदस्यमा राजेशचन्द्र राजभण्डारी, थम्मन थापा, पूर्णभद्र निउरे र अनिष खाती छन् । समुहसँग समन्वयका लागि पालिका स्तरीय संयोजकको समेत जिम्मेवारी बाँडिएको छ ।
पत्रकारलाई तुरुन्त उपचार एवम् परामर्शका लागि ढोरपाटन नगरपालिकामा योगेन्द्र विश्वकर्मा, निसीखोला गाउँपालिकामा कुविर विश्वकर्मा, बडिगाड गाउँपालिकामा रोशन थापा मगर, गलकोट नगरपालिकामा सरिता खत्री र मित्र खरेल, ताराखोला गाउँपालिकामा पूर्णभद्र निउरे र महेन्द्र घर्ती ‘संगम’, बागलुङ नगरपालिकामा राजबहादुर थापा, सज्जन कुमार सिंह, सन्तोष क्षेत्री, कृष्ण सापकोटा, काठेखोला गाउँपालिकामा कोपिला कँडेल, जैमिनी नगरपालिकामा झपिन्द्र क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
हेल्प डेक्सलाई प्रभावकारी बनाउन धौलागिरि अस्पताल, जनस्वास्थ्य कार्यालय, पालिका स्तरीय स्वास्थ्य संस्थासँग सहकार्य र समन्वय गर्ने समुहले जनाएको छ ।





