बागलुङ, ४ असार– सामाजीक र राजनीतिक बेथितीलाई व्यङ्य गर्दै रबि ओड र राजेश बर्देवाले मसमयिक गीत ‘कुर्सी तानातान’ बजारमा ल्याएका छन् । गायक राजेश बर्देवा र नेपाल आइडल रबि ओडले समसामयिक बिषय वस्तुलाई समेटेर नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा रवि ओड, राजेश वर्देवा साथै विपना अधिकारी र रेजिना परियारले आवाज दिएका छन् । उक्त देशप्रेमी गीतमा शब्द रचना प्रतिभा चापागाई र एल पी धमलाको रहेको छ । ‘कुर्सी तानातान’मा राजेश बर्देवाको संगीत तथा एरेन्ज रहेको छ । शिला क्षेत्री को निर्देशन रहेको भिडियोलाई अनिल विष्ट (प्यूठानी) ले छायांकन र सम्पादन गरेका हुन् । राजेश बर्देबाको युटुव च्यानल मार्फत गीत बजारमा आएको हो ।





