मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७८, बिहिबार

पोखरा, १७ असार – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेकोले चालक भाग्दा घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->