मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मापदण्ड घटाउन सरकारसँग हारगुहार

मापदण्ड घटाउन सरकारसँग हारगुहार


  • ढोरपाटन सम्वाददाता
  • असार १८ २०७८, शुक्रबार

पोखरा, १८ असार – पोखरा महानगरपालिका-१७ डेविजफल–गुप्तेश्वर गुफा क्षेत्रका बासिन्दाले मापदण्ड घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । नेपाली कांग्रेस वडा समितिले बिहीबार मापदण्ड ३ मिटरमा झार्न माग गरेको हो । सो क्षेत्रमा अहिले ३० मिटर मापदण्ड कायम गरिएको छ तर मापदण्ड मिचेर संरचना बन्न छाडेको पनि छैन ।
कांग्रेस वडा सभापति देवराज आचार्यसहितको टोलीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुझाएको ज्ञापनपत्रमा गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिजफल खोला (फेवा बाँध देखि डेभिजफल हुँदै फुस्रेखोला सम्म) को नयाँ मापदण्ड हटाई ३ मिटर मापदण्ड कायम गराउन, डेभिजफल (पातलेछागो) हालसम्म छोरेपाटन माविले भोगचलन, आयआर्जन गरिआएकोमा सोको विना सर्त निरन्तरता कायम राख्न माग गरिएको हो । गुप्तेश्वर गुफाको बीच भागबाट २०० मिटर मापदण्ड कायम गरेको धेरै समय पहिलादेखि नै महानगरपालिकाले नै नक्सा स्वीकृत गरी भवन निर्माण गर्न अनुमति दिएकोमा हालको मापदण्डले चारैतिर रोक्का हुँदा स्थानीयहरु पीरमर्कामा परेको उनीहरुको जिकिर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->