मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

६५ यूनिट रगत संकलन

६५ यूनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७८, सोमबार

पोखरा, २९ असार– लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको हो ।
कार्यक्रमको उद्घाटन असिस्टेन्ट चिफ एडभाइजर महेश पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई व्लड व्याग हस्तान्त्रण सुरुवात गरेको कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिइन् ।
क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डेप्युटी चिफ गोपाल थापा, डिष्ट्रिक सिनियर एडभाइजर दुर्गा कुमारी आचार्य, जोन चियर पर्सन सावित्रा पौडेल लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->