मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लायन्स क्लव लेखनाथ गार्डेनसिटीद्धारा राधाकृष्ण बृद्धाश्रमा फर्निचर सहयोग

लायन्स क्लव लेखनाथ गार्डेनसिटीद्धारा राधाकृष्ण बृद्धाश्रमा फर्निचर सहयोग


  • ढोरपाटन सम्वाददाता
  • साउन ३ २०७८, आइतबार

लेखनाथ, ३ साउन– लायन्स क्लब अफ लेखनाथ गार्डेनसिटीले शनिबार पोखरा महानगरपालिका वडा नंं ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रममा फर्निचर सहयोग गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रमका जेष्ठ नागरिकका लागि दुईथान टेबल र आठ वटा कुर्चि सहयोग गरेको हो ।
फर्निचर हस्तान्तर कार्यक्रममा बोल्दै, लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ अन्र्तगत लायन्स लिडरसिप एकेडेमीका प्रमुख सुचित्रा थापाले फर्निचर सहयोगले जेष्ठ नागरिकलाई सहज हुने बताईन । उनले लायन्सक्लवहरुले आश्रमको आवश्यकताको आधारमा बार्षिक तालिका बनाएर सहयोग गर्न सके अझ बढी प्रभावकारी हुने उल्लेख गरिन । विभिन्न परिस्थितिका कारण घरपरिवारसँग टाढा रहेका जेष्ठ नागरिक संस्कार र संस्कृतिका खानी भएको उल्लेख गर्दै, उनिहरुसँग भएका ज्ञानलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा डिर्पाटमेन्ट को–चिफ भक्तबहादुर के.सी ले जेष्ठ नागरिक सिकाई र अध्ययनको केन्द्र भएकाले समाजको उपेक्षामा पर्न नहुनेमा जोड दिए । उनले लेखनाथ गार्डेनसिटीले स्थापनाकाल देखी आश्रममा सहयोग गर्दै आएको बताए ।
क्लवका अध्यक्ष राजनकल्याण बड्गामीको अध्यक्षतमा भएको कार्यक्रममा सिनियर एओजी एवं क्लवका पूर्व अध्यक्ष नवराज सापकोटा, क्लष्टर प्रमुख मधुसुधन कोइराला, जोन चियरपर्सन हरिप्रसाद बस्ताकोटी, आश्रमका अध्यक्ष प्रेमकुमार लिगल, क्लवका प्रथम उपाध्यक्ष इञ्जिनियर रबिचन्द्र घिमिरे र सचिब विश्वमणि अधिकारी लगायतले बोलेका थिए ।
फर्निचर हस्तान्तरण पछि क्लवले आश्रम परिश्रममा विगतका बर्षहरुमा लगाएका विभिन्न जातका फलफुलका विरुवाहरुको गाडेमेल तथा बृक्षरोपण समेत गरेको थियो । सोही कार्यक्रममा क्लवका अध्यक्ष राजन कल्याण बड्गामीले जन्मदिनको अवसर पारेर राधाकृष्ण संस्कृत गुरुकुलका बटुकलाई स्टेशनरी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->