बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माझी दाई गीतबाट संगितमा पाइला टेक्दै सनमन

माझी दाई गीतबाट संगितमा पाइला टेक्दै सनमन


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७८, शुक्रबार

पोखरा, १ असोज–पोखरा रामबजारका सनमन गुरुङ माभ।ी दाई बोलको गीतसंगै संगितको क्षेत्रमा प्रवेश गरेका छन् । रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष समेत रहेका सनमन गुरुङले पहिलो गीत मार्फत आफ्नो उपस्थिति जनाएका छन् ।

हाल बेलायमा रहेका उनले गित रचना गरेका हुन् । पोखराको सेरोफेरोमा छायाँकन गरिएको माझी दाईमा स्वर भने गायक ज्ञान बहादुर थापाको रहेको छ । शुक्रवार एक कार्यक्रमका बिच माझी दाई सार्वजानिक गरिएको छ ।

युवराज गुरुङ र अमृता मगरको मुख्य भुमिका रहेको गिती भिडियोमा माझि दाईको भुमिकामा भने वसन्त थापा (कान्छा) रहेका छन् । युवराज गितका कोरियोग्राफर तथा निर्देशक समेत हुन् ।

आफ्नो पहिलो कोसेली दिएका सनमनलाई देउराली व्याण्डले साथ समेत दिएको छ । असल साथी प्रडक्सनले छायांकन गरेको भिडियोको संगित संयोजन देउराली ब्याण्डका सिनियर प्रतिनिधि तेज गुरुङले गरेका हुन भने, विमोचन कार्यक्रमको आयोजना पनि ब्याण्डले नै गरेको हो ।

गिती भिडियो सार्वजानिक गर्दै रामबजार सोसाइटि युकेका सल्लाहकार महेश गुरुङले संगितको क्षेत्रमा यात्रा शुभारम्भ गरेकोमा खुसी व्यक्त गरे ।

उनले आगामी दिनमा समेत यस्तै गित लेख्न समेत आग्रह गरे । लोकपपमा आधारित गित मायाप्रेमको रहेको छ । पहिलो गित सार्वजानिक गरेका गितकार सनमनको करिब ३ गितहरु समेत सार्वजानिक हुने क्रममा रहेको सुनिल शाहीले जानकारी दिए ।

उनका अनुसार सनमन अहिले बेलायतमा रहेका छन् । गितकारले सबैको साथ र सहयोग पाए छिट्टै अन्य गित समेत ल्याउने बताए । शाहीले गितकारको भनाइ उद्रित गर्दै भने,‘मलाई सबैको माया पाए अब छिट्टै अर्को गित लिएर पनि आउनेछु ।’

पोखराको दोविल्ला र दीपमा भिडियोको छायाँकन गरिएको शाहीले बताए । गिती भिडियो बनाउने सम्पूर्ण खर्चभने गितकारकै परिवारले व्यहोरेको उनले बताए ।

म्युजिक भिडियो बनाउन करिब सवा २ लाख रुपैँया लागेको उनले जानकारी दिए । गितकारको प्रतिनिधित्व गर्दै परिवार सदस्य पूर्णबहादुर गुरुङ (हेल्मो) ले सबैको साथ र मायाले नै पहिलो गित निकाल्न सफल रहेको बताए । उनले म्युजिक भिडियो बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->