सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

यूआरएलमा टिजी सित्तैमा, जाँचमा ३० प्रतिशत छुट

यूआरएलमा टिजी सित्तैमा, जाँचमा ३० प्रतिशत छुट


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७८, शनिबार

पोखरा/ गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको छ ।

अफरमा असोज महिना भर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
यो अफर युआरएलको प्रधान कार्यालय सभागृह चोक, गिरी कम्प्लेक्स सहित शाखा कार्यालय हस्पिटल चोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले चाडपर्वका बेला ग्राहकलाई उपहार स्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->