बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भिर्नीझोला टिमको ‘ढाँचा पार्यो नभने’ बजारमा (भिडियो)

भिर्नीझोला टिमको ‘ढाँचा पार्यो नभने’ बजारमा (भिडियो)


  • दिवाकर उपाध्याय
  • कार्तिक ५ २०७८, शुक्रबार

बागलुङ
आ होई, तिम्ले हेर्यौ त्यता बाट,
मैले हेरेँ यता बाट,
झ्याल खोलेर हेर्दा हेर्दै…
झ्याल खोलेर हेर्दा हेर्दै, दिल खोलेर बोलेको
ढाँचा पार्यो नभने मेरो मायाँ छ भने

कोरोना महामारीरे सुस्ताएको नेपाली लोक संगीतको बजार उचल्ने गरी बागलुङे सर्जक कृष्ण अखेली र पर्वते चेली सरस्वती लामिछानेको गीत बजारमा आएको छ । यस अघीको उनिहरुको साझा सिर्जना भिर्नी झोलामा गीतले सर्वाधिक चर्चा कमाए पछि सरस्वती र कृष्णले अर्को सांगीतीक कोशेली पस्केका हुन् । यो गीतमा पनि भिर्नी झोला गीतकै समुह सहभागी छ ।

फरक शैलीबाट तयार पारिएको गीतका शव्द भने प्रवासमा बसेर सर्जक शिव अखेलीले कोरेका हुन् । रोजगारीको शिलशिलामा युरोपमा रहेका अँखेलीले सायौं गीतका शव्द रचना गरेका छन् । स्थानीय भाषा र लवज तथा रहन सहनमा मेल खानेखालका शव्दजाल बुन्न सिपालु शिवका शव्द नेपाली लोक संगीतको बजारमा राम्रो बिक्रि हुनेगरेका छन् । ‘शव्द संगीत, आवाज र अभिनय मिलेको छ, योे गीतबाट पनि हामीले राम्रो आशा गरेका छौं’ गायक अखेलीले भने ‘कोरोनाले थला परेको लोक संगीत क्षेत्रमा उत्साह भर्ने हाम्रो चाहना हो, दर्शक श्रोताले मन पराउनुभयो भने अर्को सिर्जना जन्मिन्छ ।’

कृष्ण विक (भाञ्जा)को एरेञ्जमा तयार ‘ढाँचा पार्यो नभने’ गीत सरस्वती लामिछानेको युटुव च्यानल मार्फत दर्शकमाझ शुक्रवार सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल सुनिल क्षेत्री र प्रियाना आचार्य (मुन्नी) ले अभियन गरेका छन ।

सुनिल क्षेत्रीकै निर्देशनमा बनेको उक्त गीत पोखराका साथै पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर बनाईएको बञ्जी जम्प र द क्लिफ रिर्सोटमा छायांकन गरिएको छ । गीतको अमृत चापागाईले सम्पादन गरेका छन । गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको आवाज रहेको गीत सार्वजनिक भएको आठ घण्टामानै दश हजार बढीले हेरेका छन् । अँखेली र लामिछानेले गाएको भिर्नी झोला लगायतका तीज गीत बजारमा राम्रो चलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->