बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडिगाडमा भीरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता

वडिगाडमा भीरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७८, बिहिबार

बागलुङ/ बागलुङको वडिगाड गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छभने अर्का एक जना पुरुष बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका– ५ दागा बस्ने ४६ बिर्षया देवि गुरुङको आफ्नै खरबारीमा खर बाध्ने क्रममा चिप्लीएर लडेपछि घटना स्थलमा मृत्यु भएको हो ।

उनी दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक जना पुरुष भीरबाट लडेर बेपत्ता भएकाछन् । दशैंको अवसरमा बुर्तिबाङमा लागेको पुर्णीमा सहभागि भएर फर्किने क्रममा वडिगाड गाउँपालिका–९ बस्ने २८ बर्षिय शंकर परियार भीरबाट लडेर बेपत्ता भएका हुन् ।

ढोरपाटन नगरपालिका– २ सिमलचौरदेखी मालरानी जाने गोरेटो बाटोको भिरबाट खशी वडिगाड खोलामा उहाँ बेपत्ता भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । उनको खोला किनारमा खोजी भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->