बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘महामारीले सम्झाएको आयुर्वेद’

‘महामारीले सम्झाएको आयुर्वेद’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७८, मंगलबार

बागलुङ/गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले महामारीले सम्झाएको आयुर्वेदिक उपचार पद्धतीको प्रचार प्रसार आवश्यक रहेको बताएका छन् । कोरोना महामारीको समयमा आयुर्वेदिक उपचार पद्धती प्रभावकारी देखिएको भन्दै उनले परम्परागत उपचार शैलीको संरक्षण र प्रबद्र्धन आवश्यक रहेको बताए ।

धवलागिरी आयुर्वेद औषधालय बागलुङले आयोजना गरेको धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस कार्यक्रममा बोल्दै मन्त्री बुढाले कोरोना महामारीको नयाँ भेरियण्टको हल्ला चलिरहेकाले त्यसका लागि तयार रहन आग्रह गरे । गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाप्रति गम्भिर रहेको भन्दै उनले सबै नागरिकले खोप पाउने व्यवस्था सरकारले गरेको दाबी गरे । महामारीको समयमा शिथिल भएको आर्थिक क्षेत्रलाई चलायमान बनाउन उत्पादन वृद्धिमा जोड दिन उनको आग्रह थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले आधुनिक उपचार पद्धतीका कारण परम्परागत उपचार पद्धती ओझेलमा परेको बताए । प्रभावकारी र अर्को असर नगर्ने आयुर्वेदिक उपचार पद्धती सबैले अबलम्वन गर्न सकिने उनको धारणा थियो ।

धवलागिरी आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजीव घिमिरेले स्थानीय जडिबुटीको खोज, प्रशोधन र प्रयोगका लागि प्रदेश सरकारले कार्यक्रम बनाउनुपर्ने धारणा राखेका थिए ।
औषधालयका प्रमुख चिकित्सक सरोज कुमार रायले कोरोना महामारीको समयमा आयुर्वेदिक औषधिको प्रयोगले बिरामीमा सकारात्मक प्रभाव देखाएपछि सर्वसाधारणको ध्यान केन्द्रित भएको बताए । अहिले आयुर्वेदिक औषधि प्रयोग गर्नेहरुको संख्या वृद्धि भएको उनको भनाई थियो । कार्यक्रम लेखा अधिकृत मनिषा शर्माले सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->