बागलुङ/ ढोरपाटन शिकार आरक्षको बागलुङ क्षेत्रमा बर्षको पहिलो हिमपात भएको छ । सोमबार साँझदेखि मंगलबार बिहानसम्म ढोरपाटनमा हिमपात भएको हो । हिमपात पछि ढोरपाटन क्षेत्रमा चिसो बढेको ज्योति आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिए । सोमबार साँझ बदल लागेर हिमपात भएपछि मंगलबार बिहानबाट आकाश खुलेको छ ।
घाम लागेकाले हिउँ पग्लिन थालेको बिकले बताए । साँझ हिमपात भएपछि घर बाहिर ननिस्केका स्थानीय मंगलबार बिहन भने काममा निस्केका छन् । हिमपात पछि बढेको चिसोले बालबालिका र बृद्धबृद्धा प्रभावित भएको बिकले बताए । विद्यालय सञ्चालनमा रहेकाले हिउँले छेकेको बाटो पिन्छाउँदै बालबालिका बिद्यालय पुगेका छन् । हिमपातपछि ढोरपाटन उपत्यका सुन्दर देखिएको छ । बुकी क्षेत्रमा हिउँले भरिँदा हिमालयको झल्को दिएको शिक्षक विकले बताउनुभयो । उपत्यका क्षेत्रमा हिउँ जम्दा घोडा, गाई, भैँसी चरणमा समस्या भएको छ ।





