शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कुँडुले फेदीमा भजन महोत्सवको तयारी

कुँडुले फेदीमा भजन महोत्सवको तयारी


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७८, बिहिबार

बागलुङ/बागलुङको कुँडुलेमा आयोजना गरिने शालग्राम राष्ट्रिय लोक भजन महोत्सवको तयारी पुरा भएको छ । बागलुङको तिरुपति बालाजीधाम, शालग्राम संग्राहालयमा आयोजना गरिएको महोत्सवको सबै तयारी पूरा भएको हो ।
मंसिर २४ देखि २८ गतेसम्म आयोजना गरिएको महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको भजन महोत्सवका संयोजक राजु खड्काले जानकारी दिए । बुधवार पत्रकार सम्मेलन गर्दै महोत्सव समितिले भजन महोत्सवमा देशभरका विभिन्न स्थानमा गाइने भजन, बालन तथा चुड्का गाउने र नाच्ने व्यवस्थापन गरेको जानकारी गराएको हो ।

महोत्सवमा ५० बढी समूह आउने खड्काले जानकारी दिए । यहाँ भजन गाउन आउने समूहलाई आयोजकले कम्तिमा ५ हजार रुपैयाँ बाटो खर्च दिएर पठाउने व्यवस्था गरेको छ ।भजनकालागि आउने समूहलाई खानेबस्ने व्यवस्था पनि आयोजकले गरेका छन् । शालग्राम संग्राहालयको प्रचारप्रसार गर्ने तथा यहाँको रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिर, मुक्तिनाथ बिद्यापिठ लगायतको महत्वपूर्ण स्थानको प्रचार गरेर पर्यटक र भक्तजन भित्र्याउन आयोजकले अभियान गरिएको बताइएको छ ।

‘नाफारहित कार्यक्रम भएकोले आर्थिक संकलनको कुनैपनि कार्यक्रम गरिएको छैन’ शालग्राम संग्राहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले भने, ‘बरु धार्मिक महोत्सव समेत गरेर पर्यटनको गन्तव्य बनाउने लक्ष छ ।’ कार्यक्रममा बानपा ४ का अध्यक्ष धु्रबबहादुर केसीले देशकै प्रसिद्ध धार्मिक गन्तव्यकालागि पहल भएको बताए । संचार माध्यमको सहायताले प्रचारप्रसार गर्दै देशभरबाट पर्यटक भित्राउने योजना राखिएकोपनि उनले जानकारी दिए ।

ऋषि प्रपन्नाचार्यको अध्यक्षता, आयोजक समितिका संगम क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकारहरुले महोत्सवको बारेमा जिज्ञासासमेत राखेका थिए । महोत्सवकालागि मंच व्यवस्थापन र वरपर ध्वजापतकाले रंगाउने काम पनि भएको छ । साथै यहाँको प्रवेशद्वारमा ढलान गरेर सहज यात्राको व्यवस्थापन पनि भैरहेको छ । चार दिन सम्म चल्ने महोत्सवबाट फर्कनेले संग्राहालय र रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिरको महत्व र प्रचार गर्नेसमेत आयोजकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->