शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सकियो भजन महोत्सव, ४७ समुह सहभागी

सकियो भजन महोत्सव, ४७ समुह सहभागी


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७८, बुधबार

बागलुङ – शालिग्राम संग्रहालयको प्रचारप्रसार र संस्कृतीको संरक्षणका लागि बागलुङको कुँडुले फेदीमा आयोजना गरिएको लोक भजन महोत्सव सकिएको छ । तिरुपती बालाजी धाम, शालग्राम संग्रहालयले आयोजना गरेको महोत्सव मंगलबार सकिएको हो । महोत्सवमा देशभरका ४७ समुहले लोकभजन प्रस्तुत गरेका थिए ।

कला संस्कृती र परम्पराको संरक्षण तथा तीरुपती बालाजी धाम, शालग्राम संग्रहालयको प्रचारप्रसार गर्दै महोत्सव सकिएको संयोजक राजु खड्काले जानकारी दिए । पाँच दिनसम्म चलेको भजन महोत्सवमा कलाकारहरु रेशम सापकोटा, प्रजापति पराजुलीले लोकभजन प्रस्तुत गरेका थिए । बागलुङ नगरपालिका–४ कुँडुले फेदीको बालाजीधाम मंसिर २४ देखि पाँच दिनसम्म भक्ति संगीतले गुञ्जायमान भएको स्वामी प्रपन्नचार्यले बताए । गीता जयन्तीको सन्दर्भ पारेर महोत्सव आयोजना गरिएको उनको भनाई छ ।

धाम परिसरमा रहेको श्रीधराचार्य शालग्राम संग्रहालयको दोस्रो वार्षिकोत्सव पनि यहीबेला परेको थियो । ‘लोक भजन गायनमा नयाँ जागरण आओस भन्ने थियो, युवाहरुको सकृयताले पुष्टि गरेको छ’ संयोजक खड्काले भने ‘कला, गला र साहित्य मिसिएको भजनले सबैक्षेत्रको प्रतिनिधित्व गर्ने आवाज उठेको छ ।’

भजन समूहका कलाकारको आउजाउका लागि यातायात खर्चको प्रबन्ध आयोजकले गरेको थियो । गोरखा, तनहुँ, लमजुङ, कास्कीलगायत छिमेकी जिल्लाका कलाकार समूहमार्फत महोत्समा सहभागी भएका थिए ।
महोत्सवमा स्वस्फुर्त दानसमेत संकलन भएको छ । महोत्सव अवलोकनका लागि पुग्ने भक्तजन/दर्शकले स्वबिबेकले गरेको दानबाट १२ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ । ‘भोजन, प्रसाद, व्यवस्थापन र यातायात खर्चमा उठेको रकम उपयोग हुन्छ, बचेको रकम मन्दिरसँग रहन्छ’ संयोजक खड्काले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->