शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा सडक महोत्सवमा आउनेलाई सित्तैमा जोन्सन खोप

पोखरा सडक महोत्सवमा आउनेलाई सित्तैमा जोन्सन खोप


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

 

१४ पुस,

पोखरा रेस्टुरेन्ट एन्ड बार एसोसियनस (रेबान)ले आयोजना गर्दै आइरहेको पोखरा सडक महोत्सवमा आउने अवलोकनकर्तालाई निशुल्क कोरोनाविरुद्धको खोप दिइने भएको छ ।

रेबान अध्यक्ष लक्ष्मण बरालले महोत्सव अवलोकन गर्न आउनेलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने जानकारी दिए । ‘जिल्ला प्रशासन, महानगरसँगको समन्वयमा हामीले महोत्सवमा आउनेलाई निशुल्क खोप लगाउने व्यवस्था मिलाएका छौं,’ अध्यक्ष बरालले भने, ‘दिनमा ५ सय जनासम्मलाई खोप लगाउने योजना छ ।’

महोत्सवको २३ औं संस्करण बिहीबारदेखि पोखरा लेकसाइडमा सुरु हुँदैछ । ३ दिसनसम्म चल्ने उक्त महोत्सव बिहीबार दिउँसो १२ बजे उद्घाटन हुने आयोजकले जनाएको छ । अघिल्ल संस्करणमा ५ दिन मनाइने भएपनि गत वर्षदेखि कोरोना महामारीका कारण ३ दिनमा छोट्याइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->