शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अस्पतालभित्रै सालनालसहित वेवारिसे शिशु फेला

अस्पतालभित्रै सालनालसहित वेवारिसे शिशु फेला


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७८, बिहिबार

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रहेको बसमा बुधबार सालनालसहितको शिशु भेटिएको छ । अस्पताल परिसरभित्र रहेको अस्पतालको पुरानो गाडीमा छाडेको अवस्थामा मंगलबार बिहान १० बजे नवजात शिशु (पुरुष) फेला परेको हो ।

एनआइसियु विभागकी इञ्चार्ज सावित्रा न्यौपानेले बच्चाको अवस्था गम्भीर रहेको जानकारी दिइन् । उनका अनुसार एनआइसियुमा ल्याउँदासम्म बच्चालाई सास फेर्न निकै गाह्रो भइसकेको थियो ।
‘हामीसँग करिब साढे १० बजेतिर सुत्केरी वार्डको नर्स बहिनीले ल्याउनुभयो । दौडिँदै ल्याउनुभयो,’ उनले भनिन्, ‘मैले छिटो छिटो तौल नापे ३.५ किलो को बाबु थियो । बच्चा एकदमै गम्भीर… एकदमै चिसो थियो ।’
समयमै नल्याएको भए शिशुको मृत्यु हुने सम्भावना रहेको उनले सुनाइन् । शिशुको शरीर पुरै निलो देखिएपनि अहिले भने केही सुधार भएको बताइन । ‘हामीले न्यानो पारेको बेडमा राख्यौं इन्डुभेसन गरियो । सास फेराउने मेसिनमा राखियो । हिकहिक भएको अवस्थामा थियो,’ उनले भनिन् ।

बच्चालाई अस्पताल पु¥याएका विष्णु तामाङले बच्चाको अवस्था निकै डरलाग्दो रहेको उनले बताइन । ‘एकजना भाइ कराइराख्नुभएको थियो । मैले स्कुटर रोकेर आएँ । भित्र आउँदा त बच्चा रहेछ अनि मैले छिटो छिटो उठाए त्यो भाइले साल बोक्नुभयो,’ उनले भनिन् । शिशुको हात चलेको, थोरै आवाज निस्किएको र मुखबाट फिज आएको अवस्थामा फेला उनले सुनाइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले शिशुलाई त्यसरी परित्याग गर्नु अपराध भएको बताए । उनले कसैले पनि ज्यानै जोखिममा पार्न नहुने बताए । ‘शिशुको अवस्थामा सुधार आएको छ । घटनाबारे थप अनुसन्धान भइराखेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->