शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

-यापर लाउरे ८ दिन थुनामा राख्न अनुमति

-यापर लाउरे ८ दिन थुनामा राख्न अनुमति


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७८, शनिबार

पोखरा/ लागुऔषध कारोबार आरोपमा पक्राउ परेका ¥यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बुधबार राति करिब ७ बजेतिर लागुऔषधसहित पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागुऔषधसहित पक्राउ गरेको थियो ।

बिहीबार सार्वजनिक बिदा भएका कारण शुक्रबारमात्रै अनुसन्धानका लागि अदालती प्रक्रिया थालेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार लागुऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो । ‘सबै गरेर उहाँहरुबाट १३.०१ ग्राम ब्राउन सुगर फेला परेको छ,’ प्रवक्ता तिवारीले भने । प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८,३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।

प्रहरी स्रोतका अनुसार युवापुस्तामाझ चर्चित लाउरे भनिने आशिष रानाले लागुऔषध सेवन गर्ने स्वीकारिसकेका छन् । ‘लाउरेले ड्रग नलिँदासम्म स्टेज नै उक्लिन सक्दिनँ भनेर प्रारम्भिक बयानमा भन्नु भएको छ,’ प्रहरी स्रोतले भन्यो ।
कारोबार पुष्टि भएको खण्डमा ¥यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

पोखरा नयाँबजारका राना ‘रअ बाज’ ¥याप ब्याटल पछि चर्चामा आएका थिए । पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत कलाकारका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->