पोखरा/ बगर भाइ खलकले पूर्वराष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने भएको छ ।
संस्थाको आयोजनामा यहि पुष २६ गतेबाट हुने ‘पाँचौं स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा एघारौं बगर भाइ खलक एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’को उद्घाटन समारोहमा उनलाई सम्मान गर्ने भएको अध्यक्ष दिलबहादुर गुरुङले बताए ।
तत्कालीन गण्डकी अञ्चलबाट फुटबल खेलेका महेश गुरुङ गण्डकी अञ्चलको खेलकुद संयोजक पनि थिए । उनी २०५२ देखि २०५८ सम्म कास्की जिल्ला फुटबल संघको अध्यक्ष पनि रहेका थिए । २०३१ सालमा कन्या स्कुलमा अध्यापन पेशा सुरु गरेका उनले २०३४ देखि २०४५ सम्म अम्मर सिंह माविमा शिक्षक, २०४५ देखि २०५६ सम्म कालिका मावि प्रध्यापक तथा पुनः २०५६ देखि २०५८ सम्म अमरसिंह माविमा पा्रध्यापक सेवामा रहेर शिक्षाको उन्नयनका लागि महत्वपूर्ण योगदान दिएका थिए ।





