शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीमा सत्ता गठबन्धन र प्रतिपक्षी एमालेले गरे उम्मेदवारी दर्ता

गण्डकीमा सत्ता गठबन्धन र प्रतिपक्षी एमालेले गरे उम्मेदवारी दर्ता


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७८, मंगलबार

राष्ट्रिय सभा सदस्य पदका लागि गण्डकीबाट सत्ता र प्रतिपक्ष दुबैले उम्मेदवारी दर्ता गराएका छन् । सत्तापक्षबाट दलिततर्फ गोरखाका भुवन सुनार,महिलातर्फ गोरखाकै कमला पन्त र खुलातर्फ तनहुँका सुरेश आले मगर उम्मेदवार बनेका छन् ।

यता, प्रतिपक्षी एमालेतर्फबाट खुलातर्फ पुण्यप्रसाद पौडेल ९कास्की०, महिलातर्फ लीला पोखरेल थनेट ९नवलपुर० र दलिततर्फ अर्जुनप्रसाद सुनामलाई उम्मेदवार बनाएको छ ।

दुबै समूहले दलवलसहित निर्वाचन कार्यालय पोखरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका उम्मेदवारहरु सबैभन्दा पहिला निर्वाचन कार्यालय पुगेका थिए भने सत्ता साझेदार दलका उम्मेदवारहरु दिउसो ३ बजेतिर निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

गण्डकीमा ३ सदस्यको लागि चुनाव हुँदैछ । यहाँ सत्ता गठबन्धन बलियो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->