पोखरा/ पोखरामा सर्वाधिक लगानीको हेल्थ क्वल संचालनमा आउने भएको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ सुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य सुरु भएको क्लव अब महिनादिनभित्रमै सञ्चालनमा आउने क्लबका निर्देशक किरण केसीले जानकारी दिए ।
‘सर्वसुलभ मूल्यमा ५ देखि ८० वर्षसम्मका वर्गलाई लक्षित गरी क्लब सञ्चालन गरिने छ’,पोखराका पत्रकार माझ बोल्दै क्लबका निर्देशक किरण केसील भने,‘ झण्डै २० रोपनी क्षेत्रफल रहेको आव्या क्लबमा अत्याधुनिक जीम सहित स्विमिङ पुल, रेष्टुरेन्ट, स्पा, साउन, स्टिम, उफ्रो, हार्ड टेनिस कोर्ट, कन्फ्रेन्स हल, योगालगायतको सुविधा उपलब्ध रहेको छ । ११ हजार स्क्वायर फिटमा जिम सञ्चालन हुने जिमका सामग्री अमेरिकाबाट ल्याइएकोे केसीले जानकारी दिए ।
जीमहलमा एकै पटक तीनसय जनाले सेवा लिन सक्ने सो अवसरमा जानकारी दिइयो । क्लब निर्देशक निरोज लामाले क्लवको नाम ‘आव्या’को अर्थ प्रष्ट्याउँदै संसारको पहिलो पवित्र आत्मा आव्या भएको बताए ।





