पोखरा/ गुरुङ जातिको विवाह पद्धतिबारे जानकारी दिने पुस्तक बजारमा आएको छ । रिभान चौर नाथु प्रल्हाद ङेह«ो पैंगीलम परिवार कास्कीका अध्यक्ष अनररी क्याप्टेन डम्बरबहादुर गुरुङले विवाह पद्धतिलाई पुस्तकमा समेटेका हुन् । पुस्तकको शनिबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमोचन गरे ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरुङले अबको २० वर्षमा तमुहरुले हरेक कार्यालयको प्रसासन हाँक्नुपर्ने बताए । प्रसासनिक क्षेत्रमा तमुहरुको सहभागिता नगन्य भएका कारणले धेरै समस्या परिरहेकाले तमुहरु विदेश मात्रै होइन आफ्नै मुलुकमा संघर्ष गर्नुपर्ने उनको भनाई थियो । उनले देशका लागि लडेका, वीरगति प्राप्त गरेको सुब्बा नाथु, सुब्बा प्रल्हादहरुलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नु परेको र प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय हरिप्रसाद गुरुङलाई शहीद घोषणाका लागि त्यस्तै दवाव दिनुपरेको स्मरण गरे । कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले देश र माटोको लागि लडेका बीर तमुहरुलाई राज्यले सम्बोधन नगर्नु दुःखदायी भएको बताए ।





