बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले जिल्ला अधिवेशन : बागलुङमा ‘दशबुँदे’ पक्ष हाबी

एमाले जिल्ला अधिवेशन : बागलुङमा ‘दशबुँदे’ पक्ष हाबी


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७८, मंगलबार

पोखरा/तत्कालीन नेकपा एमालेको आन्तरिक विवादको बेला माधव नेपाल समूह सबैभन्दा बढी कमजोर थियो । गण्डकीका ११ वटा जिल्लामध्ये बागलुङमा मात्रै ईन्द्रलाल सापकोटाले नेतृत्व गरिहेका थिए ।
प्रदेश सभामा माधव नेपालको पक्षमा एक्लो उपस्थिति जनाइरहेका सांसद इन्द्रलाल सापकोटा पछि नेपालले पार्टी फुटाएपछि भने उनको साथ छोडेका थिए । आफू पार्टी एकताको पक्षमा रहेको र पार्टीको आन्तरिक विवाद मिलाउन बनेको १० बुँदे पक्षको पक्षमा उभिएका थिए ।
अहिले जारी अधिवेशनमा उनै सापकोटाले आफू पक्षीय टिमलाई जिल्लाको नेतृत्वमा ल्याउन सफल भएका छन् । अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्ण पाठकलाई सयभन्दा बढी मतान्तरले उछिन्दै अध्यक्ष सुनिश्चित गरेका हुन् ।
अध्यक्ष पदका लागि ३ जना प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका थिए । जसमा विजयी केसीले ३ सय २९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी पाठकले २ सय २८ मत ल्याए भने अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले जम्मा ३४ मतमात्रै । पाठकलाई सापकोटा आफू केन्द्रीय सदस्य भएपछि केही समयअघिमात्रै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिए पनि अन्तिमसम्म सहमति जुटन् नसक्दा निर्वाचनमा गएको थियो । आइतबार दिउँसोसम्म कुनै सहमति जुट्न नसकेपछि साँझ नेतृत्व छनोट चुनावी प्रक्रियामा गएको थियो ।
नेकपा एमाले बागलुङका एक नेताका अनुसार कमिटीमा सहमतिबाट सम्भव भए सहमतिबाटै र नभए चुनावबाटै पनि दशबुँदे पक्षधरलाई नेतृत्वमा ल्याइएको हो । यसले पार्टीको आन्तरिक विवाद मिलानमा नयाँ सन्देश दिने उनको जिकिर छ ।
‘१० बुँदे पक्षधरका सबैको एकता देखियो । उनीहरु बलियो भएपछि सहमति सम्भव भए त्यहीअनुसार नभए चुनावबाटै पनि दशबुँदे पक्षधरलाई जिताइयो,’ ती नेताले भने, ‘उहाँहरु पहिले ओलीविरोधी माधव नेपाल टिमका हुनुहुन्छ ।’
बागलुङ इन्द्रलाल पक्षधरको जितको अर्को कारण गण्डकीमै देखिएको पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाइँ पनि हो । ती नेताका अनुसार अधिवेशनमा प्रष्ट प्यानलै देखिने भएपछि इन्द्रलाल सापकोटाको टिमलाई गण्डकीका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले साथ दिएका थिए ।
‘एक त सुरुदेखि नै उहाँहरु एकताबद्ध हुनुहुन्थ्यो । त्यसमाथि खगराज कमरेड र पिएस कमरेडको लडाइँले उहाँहरुलाई फाइदा पुग्यो,’ ती नेताले भने, ‘पिएस कमरेडले केसीको टिमलाई साथ दिनु भएको पक्का हो ।’
बागलुङको अध्यक्षमा केसी निर्वाचित हुँदा उपाध्यक्ष र सचिवमा पनि दशबुँदे पक्षीय निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।
त्यस्तै, उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भएका छन् । उपसचिवका लागि ६ जना बीच भएको प्रतिस्पर्धामा थापाले २ सय ९९ मत ल्याउँदा श्रीषले २ सय २८ मत ल्याएका थिए । प्रमुख कार्यकारी पदमा ओली विरोधी खेमाले वर्चश्व जमाएको छ ।
यस्तै २४ जना खुल्लातर्फका जिल्ला सदस्यहरुमा अमर बहादुर थापा, शेखर खड्का, रुद्र पौडेल, सम्पन्न श्रेष्ठ, अनन्त बहादुर खड्का, नेत्र बहादुर बिष्ट, प्रेम लामिछाने, बालकृष्ण शर्मा, पुनम प्रसाद शर्मा, इश्वरलाल राजभण्डारी, पवित्रा रोका, लोकेन्द्र बहादुर केसी, भुपेन्द्र खड्का, यम बहादुर श्रीस थापा, शिव शर्मा, दिपक गौतम, रुद्र बहादुर महत क्षेत्री, सन्दिप खड्का, खिम बहादुर थापामगर, प्रेम बहादुर केसी, चन्द्र गणेश, जित बहादुर क्षेत्री, कृष्ण अधिकारी, खगेन्द्र पौडेल विजयी भएका छन् ।
यस्तै, भुगोलतर्फ काठेखोला गाउँपालिकाबाट खीम बहादुर कार्की र खुम बहादुर भण्डारी, अल्पसंख्यकतर्फ ढालेन्द्र शेरचन र ताल बहादुर छन्त्याल विजयी भएका छन् । अन्य सवै पदमा यसअगाडी नै सर्वसम्मत भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->