शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सिद्धमा जस्तापाता सहयोग

सिद्धमा जस्तापाता सहयोग


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७८, सोमबार

पोखरा/लायन्स क्लब अफ पोखरा माछापुच्छे«ले कास्कीको रुपागाउँपालिका ४ स्थित सिद्धमा जस्ता पाता सहयोग गरेको छ ।क्लबले आइतबार इन्द्र बहादुर नेपाली( कृष्ण)को घरमैपुगेर कृष्ण दम्पतीलाई जस्ता पाता हस्तान्तरण गरेको हो ।
क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले कृष्ण दम्पतीले घरको छानो हाल्न नसकेर झुपणीबाट नयाँ घरमा सर्ने सपना अधुरै रहेको खबर पाएपछि क्लवका मनकारी साथीहरु मार्फत जस्ता पाता सहयोग गरिएको बताए । शर्माले अप्ठेरोमा परेकाहरुको साथमा आफूहरु रहेको भन्दै क्लबले यस अगाडि पनि अन्यठाउँमा सकेजति सहयोग गर्दे आएको सुनाए । शर्माले क्लबका पूर्वअध्यक्ष शिव बराल र क्लबकका निर्देशक खडग थापाको आर्थिक सहयोगमा ४० हजार मूल्य बराबरको जस्ता पाता सहयोग गरिएको बताए ।
क्लबका निर्वतमान अध्यक्ष अर्जुन थापाले क्लबले गरेको सहयोग सानो भएपनि यसको ठूलो अर्थ रहेको सुनाए । आर्थिक अभावकै कारण घरमा छानो हाल्ल नसकेर जीर्ण बन्न लागेको घरको छानो छाउनलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टि मिलेको सुनाए ।आर्थिक अभावले घरको छानो हाल्न कठिन भएर बसेका कृष्णको परिवारलाई दुःखको बेला आफूहरु साथमा रहेको सन््देश दिन सफल भएको बताए ।
क्लबका अध्यक्ष शंकर थापाले आफूहरुको सानो सहयोगले पनि कसैको जिवनमा खुसी आउँछ भने आफूहरु सधैं सहयोगको लागि तयार रहेकोबताए । ‘कुनै ठाउँबाट सहयोग ल्याएर भन्दा पनि आफ्नै क्लबका साथीहरुको सहयोगमा आर्थिक अवस्था कमजोर तथा अन्य आवश्यकता देखिएको ठाउँमा सहयोग गर्दे आएका छौं,’ उनले भने । जस्तापाता सहयोग कार्यक्रमका संयोजक खडग थापाले सहयोग गर्न पाएकोमा आफूहरु हर्षित भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->